काठमाडौँ । नेपाली बजारमा साेमबार पनि सुनको मूल्य बढेको छ। आज प्रतिताेला ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे हाे । आइतबार पनि ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख २६ हजार १०० कायम भएको छ।
गत हप्ता आइतबार ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार २०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने मंगलबार १ हजार ३०० ले बढेकाे थियाे । बुधबार सुनको मूल्य स्थिर रह्याे । बिहीबार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे । शुक्रबार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ। ३५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ६ हजार २० रुपैंयाँ कायम भएको महासंघले जनाएकाे छ ।
माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया