धुलिखेल । काभ्रेका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ काे धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ७ सम्म गणना हुँदा रास्वपाका बदन भण्डारी अग्रस्थानमा छन् । उनले ५ हजार ११० मत ल्याउँदा एमालेका अशाेक व्याञ्जुले २ हजार १०८ र नेपाली कांग्रेसका मधु आचार्यले १ हजार १३२ मत ल्याएका छन् ।
यहाँ नेकपाका वसुन्धरा हुमागाईँले ३३१ र उज्यालाे नेपालकी ज्याेत्सना सैँजुले ३०२ मत ल्याएकी छिन् ।
यस्तै क्षेत्र नम्बर १ अन्तर्गत महाभारत गाउँपालिका वडानम्बर ५ काे मत गणना हुँदा नेकपाका दिनानाथ गाैतमले अग्रस्थान लिएका छन् । उनले ४०६ मत ल्याउँदा कांग्रेसका गुणराज मुक्तानले २५४, एमालेका अमित लामाले १४३ र रास्वपाका मधु चाैँलागाईँले २७ मत पाएका छन् ।
बिहीबार भएकाे मतदानमा काभ्रेमा १ लाख ९७ हजार ३४१ मत खसेकाे थियाे । जम्मा ३ लाख २६ हजार ६११ मतदाता रहेकाे जिल्लाकाे क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १०० मतदाता रहेका थिए । यस क्षेत्रमा ९१ हजार १२८ मत खसेकाे छ ।
यस्तै क्षेत्र नम्बर २ मा कूल १ लाख ६५ हजार ५११ मतदाता रहेका थिए । यहाँ १ लाख ६ हजार २१३ मत खसेकाे थियाे । मत गणना जारी छ ।
तस्बीरः देवराज केसी
प्रतिक्रिया