काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध लोकतान्त्रिक उपलब्धी धरापमा पारिएको निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रतिनिधि सभा विघटनकाे विराेध गरेकाे हाे । संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सर्वोच्च अदालतको ब्याख्या विपरीत रहेको कांग्रेसको ठहर छ ।
जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको पनि कांग्रेसले आशंका गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पाैडेलले आज एक विज्ञप्ति जारी गर्दै बदलिएकाे परिस्थितीमा देश विदेशमा रहेका नेपालीहरुमा संयमत कायम गर्न आग्रह गर्नुभएकाे छ ।


प्रतिक्रिया