• २०८३ असार ३१ | Wed, 15 Jul 2026

चितवन–२ बाट रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी

चितवन–२ बाट रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत पाएकी छिन् । यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९३२ मत ल्याएका छन् ।

लामिछानेले २०८० सालमा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २३, शनिबार ०२:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP