काठमाडौँ । आठ राजनीतिक दलका प्रमुख सचेतकहरूले संसद विघटन गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओावदी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन्।
प्रतिनिधिसभा विघटन गरिएको भनी राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आफूहरूको असहमति रहेको बताउँदै उनीहरूले असंवैधानिक ढंगले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरेका छन्।

‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसद बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया