• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज पनि स्थगित भयाे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (विज्ञप्तिसहित)

आज पनि स्थगित भयाे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (विज्ञप्तिसहित)

काठमाडौँ । गत असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक विगत एक साता यता स्थगित हुँदै आइरहेकाे छ ।

आज बस्ने भनिएकाे बैठक अन्ततः नबस्ने भएकाे छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको थियाे । तर पार्टीका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले एक सूचना जारी गरि आज बैठक नबस्ने जनाएका छन् । अर्काे बैठक मंसिर ६ गते शनिबार दिउँसाे १ बजे बस्ने पनि उनले बताए ।

पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद भएपछि एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक प्रयास गर्दा पनि मिल्न सकेको छैन । केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।

यसअघि शुक्रबार रोकेर शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएकाे भए पनि त्यो समयमा भएका आन्तरिक प्रयासमा कुरा नमिलेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि सारियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि मंसिर ४ गते (आज)सम्मका लागि सारिएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ४, बिहीबार ०५:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP