काठमाडौँ । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा पूर्व एआईजी विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले विजयी भएका छन् ।
यहाँ पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरे । सम्भवतः याे निर्वाचनमा सबैभन्दा कम मतान्तरकाे हार जीत भएकाे यही क्षेत्र हाे ।
यहाँ नेकपाका अम्बिरबाबु गुरुङ तेस्रो स्थानमा रहे । उनले ११ हजार २९६ मत प्राप्त गरे भने नेकपा (एमाले) की उम्मेदवार अस्मिता थापा १० हजार ७२० मतसहित चौथो स्थानमा रहिन् ।
अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीका उद्ववकुमार राईले ३ हजार ८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्कीले ९६५ मत, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका डिकप्रसाद बास्तोलाले १७८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया