दार्चुला। दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्पकाे धक्का महसुस गरिएको छ ।
आज बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
यसअघि पनि चैत ९ गते पनि यसै स्थानलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया