• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १४ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १४ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १४ जना पक्राउ परेका छन् । गोकर्णेश्‍वर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध फेनारगन १० एम्पुल, डाइजेपाम ९ एम्पुल र नोर्फिन ९ एम्पुलसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३४ वर्षीय राजेश लामा र सोही नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय राम तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-५ लगनखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेटसहित सोही महानगरपालिका-१२ लगनखेल थटी टोल बस्ने २९ वर्षीय रोजेश देउलालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका ३० वर्षीय दिपु गोले र सोही नगरपालिका-१ बस्ने झापा घर भएका ३२ वर्षीय विनय उदास रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले दिपुको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ३ एम्पुल, नोर्फिन १ सय ३ एम्पुल, फेनारगन १ सय ३ एम्पुल, ट्रामाडोल ८ सय ५० ट्याब्लेट, नाइट्राभेट २ सय १० ट्याब्लेट र नगद २८ हजार २ सय ५० रूपैयाँसहित सूर्यविनायक दार्जलिङ हाइट बस्ने सिन्धुली घर भएका ३० वर्षीय प्रकाश पाख्रिनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले बा.प्र.०२-०६४ प ४९८५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल डेरा गरी बस्ने सप्तरी घर भएका २९ वर्षीय गौतमकुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१५ चोरसाँघुबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८७ एम्पुल, फेनारगन ८७ एम्पुल र नोर्फिन ८७ एम्पुलसहित सोही ठाउँ बस्ने ५५ वर्षीय हेमकमल केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, लालझाडी गाउँपालिका-५ गडबिजलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ६० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३२ वर्षीय केशव भण्डारी र लालझाडी गाउँपालिका-५ बस्ने सन्तोस विकलाई सोमबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-२७ तालचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १५ एम्पुल, फेनारगन १ सय १५ एम्पुल र बुप्रेनोर्फिन १ सय १५ एम्पुलसहित सोही नगरपालिका-२७ रिठ्ठेपानी बस्ने सिन्धुली घर भएका २९ वर्षीय भरत घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरीले कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग ग.७ प ७२४१ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्रामसहित तिलोत्तमा नगरपालिका-१४ नन्दनगर बस्ने २५ वर्षीय रवि विकलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-३ सखुवागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ५० मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोरसमेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२५ प ५०५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृगको छालासहित दुई जना पक्राउ
काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट अवैध वन्यजन्तु मृगको जस्तो देखिने छाला ३ थानसहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका भैरवी महांकाल बस्ने झापा मेचीनगर नगरपालिका-११ धाइजन घर भएका २८ वर्षीय बिजय उप्रेती र २७ वर्षीय बिशाल उप्रेती रहेका छन् ।

काठमाडौं सिनामंगलस्थित वन्यजन्तुको छाला समेतका सामग्रीहरू बिक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छालासहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्बेन्द्रसमेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१५ टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका-१३ मियापाटन बस्ने ४१ वर्षीया चन्द्रा गुरूङले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रासमेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय २० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १५, मंगलवार १४:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP