• २०८३ असार ३१ | Wed, 15 Jul 2026

युके पठाइदिन्छु भन्दै ४८ जनाबाट करिब ४ करोड ४० लाख ठगी, दुई जना पक्राउ

युके पठाइदिन्छु भन्दै ४८ जनाबाट करिब ४ करोड ४० लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने काठमाडौं महानगरपालिका-२७ घर भएका ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह र भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा मेलुङ गाउँपालिका-७ घर भएका ५१ वर्षीय नरबहादुर श्रेष्ठ भन्ने लड्डुबहादुर श्रेष्ठ रहेका छन्।

उनीहरूले युके पठाइदिन्छु भन्दै ४८ जना पीडितहरूबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा मेचीनगर नगरपालिका-१० धुलाबारीबाट पक्राउ गरेकाे हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २७, शनिबार १५:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP