• २०८३ असार ३१ | Wed, 15 Jul 2026

हालसम्म ९७ नाल हतियार बरामद भएको सेनाद्वारा जानकारी

हालसम्म ९७ नाल हतियार बरामद भएको सेनाद्वारा जानकारी

काठमाडौँ । नेपाली सेनाले जेनजीको प्रदर्शनपछि भएका घटनामा देशका विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद भएको जनाएको छ।

यस अवधिमा राजधानीको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार जना कैदी तथा डोटी सिलगढीस्थित बालसुधार गृहबाट भागेका तीन जना बालबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

धादिङको गजुरी कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीलाई पनि सेनाले नियन्त्रणमा लिएकाे छ। यस्तै काभ्रेपलाञ्चाेक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २६, बिहीबार १६:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP