काठमाडौँ । नेपाली बजारमा सुनकाे मूल्य शुक्रबार पनि घटेकाे छ । आज प्रतिताेला ४ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८१ हजार कायम भएको छ ।
याे हप्ता आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे भने साेमबार प्रतिताेला ६ हजार ५०० रुपैँयाँले मूल्य घट्याे । मंगलबार पनि १ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे थियाे । बुधबार १४ हजार ६०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार २ हजार ९०० ले घटेको थियो।
गत हप्ता आइतबार ४ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे थियाे । साेमबार १०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने मंगलबार ४०० रुपैँयाँले मूल्य बढ्याे । यस्तै बुधबार प्रतिताेला २ हजार २०० रुपैँयाँले मूल्य घटेकाे थियाे । बिहीबार ५ हजार ४०० रुपैँयाँले मूल्य घट्याे भने शुक्रबार ७ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आज १५० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ६७० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया