काठमाडौँ । नेपाली बजारमा सुनकाे मूल्य साेमबार घटेकाे छ । आज प्रतिताेला २ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे हाे । आइतबार ५ हजार रुपैँयाँले मूल्य बढेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८३ हजार ५०० कायम भएको छ ।
गत हप्ता आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे भने साेमबार प्रतिताेला ६ हजार ५०० रुपैँयाँले मूल्य घट्याे । मंगलबार पनि १ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे थियाे । बुधबार १४ हजार ६०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार २ हजार ९०० ले घटेको थियो । शुक्रबार ४ हजार ६०० रुपैँयाँले मूल्य घट्याे ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आज २० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ७०० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया