काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य घटेको छ । आज प्रतितोला ४ हजार ३०० ले मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार ७०० कायम भएको छ ।
याे हप्ता आइतबार मूल्य स्थिर रहेकाे थियाे । साेमबार प्रतितोला २ हजार ६०० ले मूल्य घट्याे भने मंगलबार ४०० ले मूल्य बढेको थियाे । बुधबार प्रतितोला ७ हजार २०० ले मूल्य बढेको थियाे ।
गत हप्ता आइतबार ५ हजार रुपैँयाँले मूल्य बढेकाे थियाे भने साेमबार २ हजार ५०० ले घट्याे । मंगलबार ६ हजार ७०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने बुधबार ७ हजार ४०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार ३ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे सुनकाे मूल्य शुक्रबार भने स्थिर रहेकाे थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेको छ । आज १५० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ८७५ रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया