• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज भने घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज भने घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार भने सुनकाे मूल्य घटेकाे छ । आज प्रतिताेला ३ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार कायम भएको छ ।

याे हप्ता आइतबार ५ हजार रुपैँयाँले मूल्य बढेकाे थियाे भने साेमबार २ हजार ५०० ले घट्याे । मंगलबार ६ हजार ७०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने बुधबार ७ हजार ४०० रुपैँयाँले मूल्य बढ्याे ।

गत हप्ता आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे भने साेमबार प्रतिताेला ६ हजार ५०० रुपैँयाँले मूल्य घट्याे । मंगलबार पनि १ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे थियाे । बुधबार १४ हजार ६०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार २ हजार ९०० ले घटेको थियो । शुक्रबार ४ हजार ६०० रुपैँयाँले मूल्य घट्याे ।

यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आज १६५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ७८० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १९, बिहीबार ०६:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP