• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्य २ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य २ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ । आज प्रतितोला २ हजार रूपैंयाँले मूल्य बढेको हाे ।

याे हप्ता आइतबार ८ हजार २०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार प्रतितोला ९०० रूपैंयाँले मूल्य घट्याे ।

गत हप्ता आइतबार सुनकाे मूल्य ह्वात्तै बढेको थियाे । त्यस दिन प्रतितोला २० हजार ५०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार प्रतितोला २०० रूपैंयाँले मूल्य घटेको थियाे । मंगलबार ४०० रूपैंयाँले मूल्य बढेको थियाे । बुधबार मूल्य स्थिर थियाे भने बिहीबार २०० रूपैंयाँले मूल्य घट्याे । शुक्रबार २ हजार १०० रूपैंयाँले मूल्य घटेको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ९०० कायम भएको छ ।

यता आज चाँदीकाे मूल्य पनि बढेको छ । २० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ९२५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २६, मंगलवार ११:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP