• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज ८०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज ८०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनकाे मूल्य बढेकाे छ । आज प्रतितोला ८०० ले मूल्य बढेको हो । आइतबार ४ हजार ५०० ले मूल्य घटेको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार ८०० कायम भएको छ ।

गत हप्ता आइतबार १ हजारले मूल्य घटेको थियाे भने साेमबार ४०० ले मूल्य घट्याे । मंगलबार ४ हजार ४०० ले मूल्य बढेको थियाे ।

बुधबार ७०० ले मूल्य घटेको थियाे । बिहीबार ३०० ले मूल्य बढेको थियाे । शुक्रबार ४ हजारले मूल्य घटेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेको छ । २० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ५ हजार ४० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ४, सोमबार १२:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP