काठमाडौँ। दशैंका लागि आजदेखि सुकिला नोट साट्न पाइने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकले यसपालिको दशैंका लागि सुकिला नोट साट्ने पाउने व्यवस्था गरेको हाे । यस वर्ष पनि सर्वसाधारणले नयाँ नोट साट्न पाउने छैनन्।
सुकिला नाेट असोज १० गतेसम्म साट्न पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको थापाथलीस्थित कार्यालयसँगै प्रदेश कार्यालयहरु विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट दशैंका लागि सुकिला नोट साट्न सकिनेछ।
यसैगरी विभागका अनुसार बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सर्वसाधारणका साथै संघसंस्थाले बैंकिङ कारोबार समयमा सुकिला नोट साट्न सक्नेछन्।
प्रतिक्रिया