काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेकाे छ । आज प्रतिताेला ९ हजार २ सय रुपैँयाँले मूल्य बढेकाे हाे । याे सँगै पहिलाे पटक सुनकाे मूल्य तीन लाख नाघेकाे छ ।
यो हप्ता आइतबार ६ सयले बढ्याे भने साेमबार ४ हजार २ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । मंगलबार प्रतिताेला २ हजार ७ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार भने एकै दिन प्रतिताेला १० हजार ४ सय रुपैँयाँले मूल्य बढ्याे । बिहीबार प्रतिताेला २ हजार ९ सय रुपैँयाँले मूल्य घटेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख एक हजार चार सय कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हाे । बुधबार २ लाख ९५ हजार एक सय कायम भएको थियो।
गत हप्ता आइतबार सुन दुई हजार एक सय रुपैंयाँले बढेको थियो। साेमबार चार हजार एक सय रुपैँयाँले मूल्य बढ्याे । मंगलबार प्रतिताेला एक हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार एक हजार पाँच सयले बढेकाे थियाे । बिहीबार भने एक हजार पाँच सयले घटेकाे थियाे । शुक्रबार भने प्रतिताेला सात सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । ३२० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ६ हजार १९० कायम भएको महासंघले जनाएकाे छ । यो हालसम्मकै उच्च मूल्य हाे ।
प्रतिक्रिया