• २०८३ असार ३१ | Wed, 15 Jul 2026

पेट्रोलमा १५ र डिजेल तथा मट्टितेलको मूल्यमा १० रुपैयाँ बढ्यो

पेट्रोलमा १५ र डिजेल तथा मट्टितेलको मूल्यमा १० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।

आइतबार जारी विज्ञप्तिमा पेट्रोलको १५ तथा डिजेल र मट्टितेलको मूल्यमा १० रुपैयाँ बृद्धि गरिएको उल्लेख छ।

यता खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिण्डर २१६ रुपैयाँ बढेर आएको भएपनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १७२ तथा डिजेल र मट्टितेलको मूल्य १५२ पर्ने पनि निगमले जनाएको छ। मध्यपूर्वमा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको र त्यसको असर नेपालमा पनि परेको निगमले प्रष्ट पारेको छ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १, आईतवार १६:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP