• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रतिनिधिसभाको बैठकमा तीन वटा अध्यादेश पेसः अर्को बैठक चैत्र २२ गते

प्रतिनिधिसभाको बैठकमा तीन वटा अध्यादेश पेसः अर्को बैठक चैत्र २२ गते

काठमाडौँ । प्रतिनिधिसभाको आजकाे पहिलाे बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेस गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिको पहिलो अधिवेशनको पहिलो बैठकमा गृहमन्त्री गुरुङले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् ।

गत फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएपछि सोका लागि मतदाता नामावली अध्यावधिकको प्रयोजनका लागि अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय अन्तर्गतबाट गृह मन्त्रालयअन्तगर्त राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी गराए । त्यस्तै बैठकमा सभाध्यक्ष अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको कार्यतालिकासम्बन्धी जानकारी गराए ।

बैठकले सभाका पूर्वसदस्यहरुको निधनप्रति शोक प्रस्ताव पारितसमेत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक चैत्र २२ गते आइतबार बोलाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १९, बिहीबार ११:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP