• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कांग्रेसद्वारा १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक

कांग्रेसद्वारा १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्रस्तावअनुसार २०८३ भदौ २४, २५ र २६ गते काठमाडौँमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । देशैभरका ६ हजार ७४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन हुने पार्टीका सभापति गगनकुमार थापाले जानकारी दिनुभयो । त्यसैगरी, साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गरिनेछ ।

यस्तै साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ। जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि तय गरिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गते हुनेछ।

यो कार्यतालिका पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताइएकाे छ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका २०८२ च



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १०, मंगलवार १३:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP