काठमाडौँ । मधेस प्रदेशले नयाँ मुख्यमन्त्री पाएकाे छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्रप्रसाद सोनार (साेनल) लाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख भण्डारीले सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ।
यसअघि सतिशकुमार सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री हुनुहुन्थ्याे । उहाँले मंगलबार राजीनामा दिएपछि साे पद रिक्त थियाे । प्रदेश प्रमुख भण्डारीले आजसम्मकाे समय दिएर दलहरुलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गर्नुभएकाे थियाे ।
उहाँ ५ दलकाे समर्थनमा मुख्यमन्त्री बन्नु भएकाे हाे। यहाँ नेपाली कांग्रेस र नेकपा एमाले सत्ता बाहिर छन् ।

प्रतिक्रिया