• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

चालु आर्थिक वर्षकाे नौ महिनामा ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षकाे नौ महिनामा ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालमा ४१ अर्ब ७९ करोड ८५ लाख ८० हजार २५२ रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । साउनदेखि चैतसम्ममा यति वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

उद्योग विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा कुल ६१५ वटा उद्योग तथा परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । यी परियोजनामा आउने लगानी स्वीकृतिले नेपालमा वैदेशिक लगानीका लागि वातावरण क्रमशः सुधार हुँदै गएको विभागको तथ्यांकबाट अनुमान गर्न सकिन्छ ।

विभागका अनुसार यो अवधिमा आएको कुल वैदेशिक लगानीमध्ये ठूलो हिस्सा अझै परम्परागत स्वीकृति प्रक्रियामार्फत आएको छ । करिब ३७ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति मार्गबाट आएको छ भने ‘अटोमेटिक रुट’मार्फत करिब ४ अर्ब रुपैयाँ मात्र भित्रिएको विभागले जनाएको छ । यसले अटोमेटिक प्रणाली विस्तार भए पनि ठूला लगानीकर्ताले अझै प्रत्यक्ष स्वीकृति प्रक्रियालाई नै प्राथमिकता दिने गरेको देखाउँछ ।

तर पनि अटोमेटिक रुटमार्फत आएको लगानीका कारण साना तथा चाँडै सम्पन्न गर्न सकिने परियोजनाहरू भने बढ्दै गएको तथ्यांकले देखाएको छ । चैतमा मात्रै ६१ वटा परियोजनामा ४ अर्ब १७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा पनि अधिकांश ठूला लगानी स्वीकृति मार्गमार्फत आएका छन् भने अटोमेटिक रुटमार्फत साना परियोजना दर्ता भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा आएको वैदेशिक लगानी प्रतिबद्धता गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा बढी हो ।

विभागका अनुसार चालु वर्षमा यो बढेर ४१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जुन करिब अढाई गुणा वृद्धि हो । यसले लगानी वातावरणमा सुधार, नीतिगत सहजता र अन्तर्राष्ट्रिय लगानीकर्ताको बढ्दो चासो झल्काउँछ । गत आर्थिक वर्षमा यही अवधिमा करिब १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको थियो ।न्युज २४ दैनिकबाट



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ३, बिहीबार ००:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP