• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अप्रिलमा एक लाख सात हजार ९३४ विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिलमा एक लाख सात हजार ९३४ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा एक लाख सात हजार ९३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतवर्षको अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपालमा भित्रिएका थिए । पश्चिम एसियामा जारी द्वन्द्वका कारण यसवर्ष पर्यटक आगमनमा केही कमी आएको हो ।

बोर्डका अनुसार दक्षिण एसिया (सार्क) क्षेत्रबाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतबाट १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक रहेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २२, मंगलवार ०१:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP