• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः चार वटा प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजकाे माैसमः चार वटा प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । तराईमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । तराईमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको तथा मधेस प्रदेश लगायत बाँकी हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २५, शुक्रबार ०६:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP