• २०८३ असार ३१ | Wed, 15 Jul 2026

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै साढे ७४ लाख ठगी, चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै साढे ७४ लाख ठगी, चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय संजय कुमार, काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय नगेन्द्र शाह, काठमाडौं महानगरपालिका-९ बस्ने बाँके खजुरा गाउँपालिका-२ घर भएका २४ वर्षीय मो. अलताव खाँ र काठमाडौं महानगरपालिका-२७ बस्ने सल्यान कुमाख गाउँपालिका-२ घर भएका १९ वर्षीय केशव सुनार रहेका छन् ।

पक्राउ मध्ये संजय र नगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख रूपैयाँ, मो. अलतावले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५१ लाख रूपैयाँ र केशवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले संजयलाई काठमाडौं महानगरपालिका-१३ र नगेन्द्रलाई काठमाडौं महानगरपालिका-९ बाट बुधबार तथा मो. अलतावलाई काठमाडौं महानगरपालिका-९ बाट र केशवलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
बाँके । नेपालगंज उपमहानगरपालिका-३ एकलैनीबाट स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नरैनपुर गाउँपालिका-५ बस्ने २९ वर्षीय विरवल कुम्हार र सोही गाउँपालिका-४ बस्ने ३८ वर्षीय मुनिफ खाँ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-५ लेलेस्थित ओमकार आयल ईन्डस्ट्रिज प्रालिका संचालक ललितपुर महानगरपालिका-१३ पाटन बस्ने ४३ वर्षीय बिजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

ओमकार आयल ईन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने छहारी / ओमकार ब्राण्डको Sun flower तेल तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले बिजयले भण्डारण गरेको विभिन्न ठाउँहरूबाट तेलका ९ सय ५ कार्टुनहरू बरामद गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २५, शुक्रबार १५:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP