• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आजकाे माैसमः अधिकांश प्रदेशमा चट्याङ्गसहित वर्षाकाे सम्भावना

आजकाे माैसमः अधिकांश प्रदेशमा चट्याङ्गसहित वर्षाकाे सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

जसले गर्दा हाल कर्णाली प्रदेश बाहेक कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । बाँकी भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू, बाँकी हिमाली र पहाडी भागका थोरै स्थानहरू तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । कोशी र मधेसका थोरै स्थानहरू, बागमती र गण्डकीका हिमाली र पहाडी भागका तथा कर्णाली प्रदेशको हिमाली भागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ३१, बिहीबार ०६:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP