• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः देशका अधिकांश भागमा बदली

आजकाे माैसमः देशका अधिकांश भागमा बदली

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लागेको छ । तराईका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ९, शनिबार ०१:२९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP