• २०८३ असार ३२ | Thu, 16 Jul 2026

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

झापा । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ झारवारी बस्ने ३१ वर्षीय कृष्णकुमार राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट जुरोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखकाे दुल्लु नगरपालिका-१ नाउले गाउँ बस्ने २० वर्षीय दिपक नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ९, शुक्रबार १०:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP