• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मंसिरमा मापसे गरि सवारी चलाउनेबाट २२५ दुर्घटना, ६ जनाको मृत्यु (सबै प्रदेशकाे सूचीसहित)

मंसिरमा मापसे गरि सवारी चलाउनेबाट २२५ दुर्घटना, ६ जनाको मृत्यु (सबै प्रदेशकाे सूचीसहित)

काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनामा मादक पद्धार्थ सेवन गरि सवारी साधन चलाउने चालकहरुबाट २२५ वटा दुर्घटना भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार त्यस्ता दुर्घटनाबाट ६ जनाको मृत्यु र २९५ जना घाइते भएका छन् । तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४८ वटा दुर्घटना भए । जसमा एक जनाको मृत्यु र ५५ जना घाइते भएका थिए ।

वागमती प्रदेशको काठमाडौँ उपत्यका बाहेकका १० जिल्लामा १० वटा दुर्घटनामा १४ जना घाइते भएको तथ्यांक छ । मापसेका कारण लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै दुर्घटना भए । यहाँ ८० दुर्घटनामा ३ जनाको मृत्यु र १०७ जना घाइते भएका थिए ।

यस्तै मंसिरमा मापसे गरि सवारी संचालन गर्दा कोशी प्रदेशमा ४३ वटा दुर्घटना हुँदा ५७ जना घाइते भएका थिए । मधेस प्रदेशमा २८ वटा दुर्घटना, ३९ जना घाइते, गण्डकीमा भएका तीन वटा दुर्घटनामा दुई जनाको मृत्यु र तीन जना घाइते भए ।

कर्णालीमा ७ वटा दुर्घटनामा १० जना घाइते र सुदुरपश्चिम प्रदेशमा ६ वटा दुर्घटनामा १० जना घाइते भएका र यी दुवै प्रदेशमा मृत्यु हुनेको संख्या शुन्य रहेको नेपाल प्रहरीले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ११, शुक्रबार १५:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP