बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भइरहेको एक जिल्ला–एक विशेष कृषि पकेट क्षेत्र कार्यक्रम अन्तर्गत सामाग्री हस्तान्तरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले कार्यक्रमको उद्देश्य, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले कृषि उत्पादन वृद्धि, किसानको आयआर्जनमा सुधार तथा आधुनिक कृषि प्रविधिको विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी किसानहरूले कार्यक्रमबाट प्राप्त सहयोग तथा कृषि क्षेत्रका विभिन्न विषयमा आफ्ना जिज्ञासा, सुझाव र अनुभवहरू राखेका थिए । सार्वजनिक सुनुवाइमार्फत कार्यक्रमको पारदर्शिता, प्रभावकारिता र सेवाप्रवाहबारे समेत छलफल गरिएको थियो ।
उक्त कार्यक्रमको साझेदार संस्थाको रूपमा श्री सम्पूर्ण कृषि सहकारी संस्था लिमिटेड, बनेपा नगरपालिका–२, काभ्रेपलाञ्चोक रहेको छ । कार्यक्रममार्फत कृषकहरूलाई आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमले स्थानीय कृषकहरूको क्षमता अभिवृद्धि, उत्पादन वृद्धि तथा व्यवसायिक कृषि प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया