• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आज ४ हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज ४ हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनकाे मूल्य घटेकाे छ । आज प्रतितोला ४ हजारले मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख  ९८ हजार ५०० कायम भएको छ ।

याे हप्ता आइतबार १ हजारले मूल्य घटेको थियाे भने साेमबार ४०० ले मूल्य घट्याे । मंगलबार ४ हजार ४०० ले मूल्य बढेको थियाे । बुधबार ७०० ले मूल्य घटेको थियाे । बिहीबार ३०० ले मूल्य बढेको थियाे ।

गत हप्ता आइतबार प्रतितोला एक हजारले मूल्य घटेको थियाे भने साेमबार ३०० ले मूल्य घटेको थियाे । मंगलबार ३ हजार ८०० ले मूल्य घट्याे ।

बुधबार भने ५ हजार ८०० ले मूल्य बढेको थियाे । बिहीबार १ हजार ८०० ले मूल्य बढ्याे । शुक्रबार पनि १ हजार ३०० ले मूल्य बढेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेको छ । ३५५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ५ हजार ३९०  रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १, शुक्रबार १५:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP