काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन सुनको मूल्य २ लाख ६० हजार ४ सय रुपैयाँ थियो। यसअघि गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।
यसैगरी चाँदीको भाउ पनि आज घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँ घटेर ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रतिक्रिया