• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप ३३ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप ३३ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप ३३ जना पक्राउ परेका छन् । काठमाडौँ तारकेश्वर नगरपालिका-६ जरङखु बस्ने नुवाकोट घर भएका २९ वर्षीय मुकेश लामा समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धर्मस्थलीबाट खटिएको प्रहरीले मुकेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्युठान, प्युठान नगरपालिका-८ गेजबाङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बस्ने ४३ वर्षीय शंकर थापा, सरूमारानी गाउँपालिका-१ बाङगेसाल बस्ने ३१ वर्षीय इद्रिस मिया र अर्घाखाँची छत्रदेव गाउँपालिका-२ अर्बुत बस्ने ३८ वर्षीय जुमदिन अलि रहेका छन् । अस्थायी प्रहरी पोष्ट बाग्दुलाबाट खटिएको प्रहरीले शंकरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र डाइक्लोमाइन ७५ ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-९ बस्ने १९ वर्षीय सनम लिम्बु र मोरङ बेलबारी नगरपालिका-११ बस्ने १९ वर्षीय दिपेन राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका-२ बस्ने २३ वर्षीय विशेष लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम र नगद ८ हजार ६ सय रूपैयाँसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

धनुषा, धनुषाधाम नगरपालिका-८ भिमान चोकबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ हजार ९ सय ट्याब्लेट, स्पासरेस्ट १ हजार ५ सय ९० ट्याब्लेट, ट्रमाडोल १ सय २९ ट्याब्लेट, स्पास्पेन ५ सय ट्याब्लेट र स्पास्मो ३ सय ट्याब्लेटसहित गणेशमान चारनाथ नगरपालिका-१ बस्ने ३४ वर्षीय सन्तोषकुमार विश्वकर्मालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी धनुषा, मिथिला नगरपालिका-१० लालगढ सुनौलो बस्तीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ९२ ट्याब्लेट, स्पासरेस्ट ८३ ट्याब्लेट र नगद १५ हजार ५ सय २० रूपैयाँसहित सोही ठाउँ डेरा गरी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-७ घर भएका ३० वर्षीय विजय लिम्बुसमेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

तनहुँ, व्यास नगरपालिका-४ मस्जिद टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुलसहित कास्की पोखरा महानगरपालिका-१८ बस्ने ४० वर्षीय रविन्द्र सुनारसमेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८१ मिलिग्रामसहित सोही नगरपालिका-१ बेलहिया बस्ने ३२ वर्षीय बैजुप्रसाद कलवारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । रूपन्देही, मायादेवी गाउँपालिका-८ मतकोलवा डेरा गरी बस्ने नवलपरासी पश्चिम घर भएका २६ वर्षीय सुनिल कुमाललाई अवैध लागूऔषध गाँजा करिब ८ किलो ८ सय ४४ ग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-४ कुमालटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १ सय ३५ ग्रामसहित सोही नगरपालिका-४ इँट्टाभट्टी बस्ने २४ वर्षीय दिपक थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ लोथरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ट्याब्लेट र नगद ६२ हजार ३ सय रूपैयाँसहित मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने ४२ वर्षीय रामसिंह मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले मकवानपुरबाट भण्डारातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३५९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ४० मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-९ बस्ने २२ वर्षीय रोहन चौधरी र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय मनिष चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ, लेटाङ नगरपालिका-३ कृतिमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २८ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-११ बस्ने ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका-४ बस्ने २० वर्षीय संजोग विशंखे रहेका छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने २५ वर्षीय सनम राईसमेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट र डिकोलिक १ सय ४० ट्याब्लेटसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको प्रहरीले सनमको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सिरहा, सिरहा नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-३ बस्ने ३१ वर्षीय सरोज विक र सोही नगरपालिका-३ बस्ने २६ वर्षीय राजु लामा रहेका छन् । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले माडरबाट सिरहातर्फ जाँदै गरेको ज.४ प १३८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दार्चुला, महाकाली नगरपालिका-४ बाङ्गाबगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ५० मिलिग्राम, चरेस जस्तो देखिने पदार्थ ३८ ग्राम १ सय ५ मिलिग्राम र डिजिटल तराजु १ थानसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रबि कुँवर, नौगाड गाउँपालिका-१ दल्लेख बस्ने २२ वर्षीय देवेन्द्र चुनारा र व्यास गाउँपालिका-१ तिङकर बस्ने ३४ वर्षीय प्रलभ तिंकरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले रबिको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ११ ट्याब्लेटसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय सन्दिप लामासमेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.८७ प ६९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ३२ वर्षीय हिमबहादुर रावतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ४, सोमबार १८:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP