काठमाडौँ । नेपाल प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १९ जना पक्राउ गरेकाे छ । लागूऔषध मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३ घर भएका ३७ वर्षीय सन्तोष विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा पुर्पक्षमा रही केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-५ बोहराटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।
काठमाडौं महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेटसहित काठमाडौं कपन बस्ने दोलखा घर भएका ४० वर्षीय अमित जिरेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय २० ट्याब्लेटसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने ३१ वर्षीय बिबेक कार्की र ३४ वर्षीय संजय खड्का रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पिपिरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय हेमराज बिसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, गुर्भाकोट नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय प्रकाश परियारसमेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ६० मिलिग्रामसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीय हिमाल राना मगर, सोही नगरपालिका-१३ बस्ने २५ वर्षीय बिशाल खत्री र दैलेख गुराँस गाउँपालिका-८ बस्ने २७ वर्षीय बिशाल खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने १९ वर्षीय शिशिरजंग शाही र जानकी गाउँपालिका-२ बस्ने २७ वर्षीय सरोज राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भे.७ प २२४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१ घारापानी बस्ने ३७ वर्षीय बलराम न्यौपानेलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम ४ सय २० मिलिग्रामसहित सोलुखुम्बु सोलुदुधकण्ड नगरपालिका-२ बस्ने २६ वर्षीय विक्रम श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५५०० नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सोही नगरपालिका-१ एकतानगर बस्ने १९ वर्षीय नरेश परियारलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय सूर्य नाथ, २८ वर्षीय रोहन बोहरा र २८ वर्षीय हिक्मत भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बझाङ, जयपृथ्वी नगरपालिका-१० बसपार्क बस्ने २५ वर्षीया साधना बोहरालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ सय १४ ग्राम ८ सय ४० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनको किराना पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया