काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १२ जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका-१२ कपनबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २८ एम्पुल, नोर्फिन २६ एम्पुल र नगद ५ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ३४ वर्षीय सोनाम राना मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँट जोशी चोकबाट अवैध लागूऔषध गाँजा ४ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय २७ ट्याब्लेटसहित काठमाडौं नरेफाँट बस्ने सर्लाही घर भएका २१ वर्षीय सन्देश श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित धादिङ नैबिसे घर भएका ४२ वर्षीय केदार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुलसहित सोही नगरपालिका-८ लोहसडा बस्ने ३८ वर्षीय राम मिलन केवटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले लु.२६ प ४४१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु २७ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८२ ट्याब्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर कुलेखानी घर भएका २५ वर्षीय बिजय स्याङ्बो र ललितपुर महानगरपालिका-८ गुईटोल बस्ने मोरङ घर भएकी २० वर्षीया नीता शिवा रहेका छन् । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम २ सय मिलिग्रामसहित सोही गाउँपालिका-३ नहर चोक बस्ने २९ वर्षीय आरीफ अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-१० दमौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय योगेन्द्र भुल र २६ वर्षीय अमितकुमार तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उदयपुर, वेलका नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-४ प्रगती टोल बस्ने २१ वर्षीय खगिन भन्ने खगेन्द्र मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय २० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ गौरीघाट बस्ने ३३ वर्षीय आशिष सिंह र बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ३१ वर्षीय विसन लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६७१ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नक्कली नोटसहित ललितपुरबाट एक जना पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्क नजिकबाट नेपाली ५ सय दरका १६ थान नक्कली नोटसहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सिरहा घर भएका १९ वर्षीय सुरज राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
कास्की, पोखरा महानगरपालिका-१६ जैमुरे बस्ने ५१ वर्षीय बम बहादुर तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा बम बहादुरसमेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार १ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तस्बीरः AI
प्रतिक्रिया