• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ । मंगलबार प्रतितोला ४०० रूपैंयाँले मूल्य बढेको थियो।

याे हप्ता आइतबार सुनकाे मूल्य ह्वात्तै बढेको थियाे । त्यस दिन प्रतितोला २० हजार ५०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार प्रतितोला २०० रूपैंयाँले मूल्य घटेको थियाे । मंगलबार ४०० रूपैंयाँले मूल्य बढेको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ११ हजार ३०० कायम भएको छ ।

यता आज चाँदीकाे मूल्य भने घटेको छ । ३५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ५ हजार ३७० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २०, बुधबार १६:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP