काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज प्रतिताेला ६ सय रुपैँयाँले मूल्य बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७७ हजार आठ सय कायम भएको छ।
गत हप्ता आइतबार सुन दुई हजार एक सय रुपैंयाँले बढेको थियो। साेमबार चार हजार एक सय रुपैँयाँले मूल्य बढ्याे । मंगलबार प्रतिताेला एक हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार एक हजार पाँच सयले बढेकाे थियाे । बिहीबार भने एक हजार पाँच सयले घटेकाे थियाे । शुक्रबार भने प्रतिताेला सात सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य भने घटेकाे छ । २० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६२५ कायम भएको महासंघले जनाएकाे छ ।
प्रतिक्रिया