धुलिखेल । कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकहरूलाई राहत वितरण गर्ने उद्देश्यले “कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकहरूलाई राहत वितरण कार्यविधि, २०८२” बमोजिम जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमको संयोजकत्वमा राहत व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
बैठकले जिल्लाभरबाट प्राप्त २०२ जना कृषकका आवेदनहरूको समीक्षा गर्दै कुल रु. ४७ लाख ८४ हजार १६५ बराबरको राहत रकम स्वीकृतिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ।
कार्यालयका अनुसार प्राकृतिक विपद्का कारण कृषि क्षेत्रमा भएको क्षतिको आधारमा राहत उपलब्ध गराउने प्रक्रिया अन्तर्गत उक्त सिफारिस गरिएको हो। मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि सम्बन्धित कृषकहरूले राहत रकम प्राप्त गर्नेछन् ।
प्रतिक्रिया