पाँचखाल । काभ्रेकाे पाँचखालमा मेशिनले धान रोप्ने प्रविधिको प्रदर्शन अन्तर्गत रोपाईं गरिएका तीन जातहरुकाे उत्पादन राम्राे हुने संकेत मिलेकाे छ ।
हर्दिनाथ हाइब्रिड-१, HQ 002 र मकवानपुर-१ जातका धानहरुको उत्पादनमा सफलता पाइने अपेक्षा गरिएकाे छ ।
पाँचखाल नगरपालिकासँगको समन्वयमा उत्पादन प्रदर्शन संचालन भइरहेको र यसबाट प्राप्त नतिजा बमोजिम पहाडका साना फाँटहरुमा मेशिनबाट धान रोप्ने प्रविधिको थप प्रसार गरिने कृषि विकास कार्यालय, काभ्रेपलाञ्चाेकले जनाएकाे छ ।
तस्बीर र समाचार स्राेतः कृषि विकास कार्यालय, काभ्रेपलाञ्चाेक
प्रतिक्रिया