• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ । आज प्रतितोला २ हजार १०० रूपैंयाँले मूल्य घटेको हाे ।

याे हप्ता आइतबार सुनकाे मूल्य ह्वात्तै बढेको थियाे । त्यस दिन प्रतितोला २० हजार ५०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार प्रतितोला २०० रूपैंयाँले मूल्य घटेको थियाे । मंगलबार ४०० रूपैंयाँले मूल्य बढेको थियाे । बुधबार मूल्य स्थिर थियाे भने बिहीबार २०० रूपैंयाँले मूल्य घट्याे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार कायम भएको छ ।

यता आज चाँदीकाे मूल्य पनि घटेको छ । ५५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ५ हजार २३० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २२, शुक्रबार ११:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP