• २०८३ भाद्र १९ | Fri, 04 Sep 2026

दसैँ बिदामा पनि आयल निगमका १३ डिपोहरु खुल्ला हुने

दसैँ बिदामा पनि आयल निगमका १३ डिपोहरु खुल्ला हुने

काठमाडौँ । नेपाल आयल निगमका कार्यालय तथा डिपोहरु दसैँको सार्वजनिक बिदामा पनि खुला रहने भएका छन् ।

सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन् ।

दसैँका समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १२, आईतवार १०:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP