• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज प्रतितोला दुई हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

आज प्रतितोला दुई हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौँ। तिहारकाे लामाे बिदापछि खुलेको बजारमा आइतबारदेखि सुनको मूल्य घट्न थालेकाे छ । साेही क्रमले आज पनि निरन्तरता पाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सयले घटेको थियाे । आज दुई हजारले घटेकाे छ । यससँगै २ लाख ३९ हजार ९ सय कायम भएको छ। दशैंपछि सुनको मूल्य ह्वात्तै बढेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार २६५ रुपैयाँ प्रतितोला घटेर ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३५ रुपैंयाँ घटेर २ हजार ९८० रुपैंयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।

दशैं बिदापछि सुनकाे भाउ कहिले कति ?
गत असाेज १९ गतेदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य गत असाेज २४ गते घटेकाे थियाे । २५ गते पुनः बढेकाे भए पनि २६ गते स्थिर रहेकाे थियाे। असाेज २७ गतेदेखि बढेकाे सुनकाे मूल्य २८ गते एकै दिन ८ हजार १०० ले बढ्याे। २९ गते चार सयले बढेकाे सुन ३० गते दुई हजारले बढेकाे थियाे ।

नेपाली बजारमा सुनकाे मूल्य असाेज १९ गते एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । असाेज २० गते २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन २१ गते २ हजार ३०० ले बढ्याे । २२ गते २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर असाेज २४ गते भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन गत २५ गते पुनः तीन हजारले बढेकाे थियाे ।

यसअघि असाेज १९ गते आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । असाेज २१ गते २ लाख ३५ हजार चार सय कायम थियाे भने २२ गते २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन २४ गते भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे ।

२५ गते शनिबार बढेर २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे। असाेज २६ गते आइतबार स्थिर भएकाे सुनकाे भाउ २७ गते पुनः बढ्याे भने २८ गते पनि बढ्दै प्रतिताेला २ लाख ४८ हजार ५०० पुगेकाे थियाे। २९ गते २ लाख २४ हजार ९ सय र ३० गते पनि बढेर उच्च बिन्दुमा पुगेकाे थियाे । यस दिन २ लाख ५० हजार ९ सय कायम भयाे । असाेज ३१ गते २ लाख ५८ हजार पुगेकाे सुनकाे मूल्य कात्तिक २ गते भने घटेर २ लाख ५३ हजार २०० कायम भएकाे थियाे । ३ गते ३०० ले बढेर २ लाख ५३ हजार ५०० कायम भएकाे छ।

यसरी दशैंकाे बिदा शुरु हुँदा असाेज १२ गतेदेखि तिहारकाे बिदा शुरु हुँदा कात्तिक ३ गतेसम्म आइपुग्दा सुन ३० हजार ३०० ले बढेकाे थियाे । त्यसयता सुन १८ हजार १०० ले घटिसकेकाे छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १०, सोमबार ०५:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP