• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज १ हजार ८०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज १ हजार ८०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार  ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनकाे मूल्य घटेको छ । आज प्रतितोला १ हजार ८०० ले मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९२ हजार ७०० कायम भएको छ । याे हप्ता आइतबार २ हजार ७०० ले मूल्य बढेको थियाे । साेमबार १ हजार ३०० ले बढ्याे । मंगलबार भने ३ हजारले मूल्य घटेको थियाे । बुधबार ३ हजारले घट्यो।

गत हप्ता आइतबार १ हजार २०० ले मूल्य बढेको थियाे । यस्तै साेमबार १ हजार ३०० ले मूल्य घट्याे भने मंगलबार १ हजार ६०० ले मूल्य बढेको थियाे । बुधबार पनि ८०० ले घटेको थियो । बिहीबार १ हजार ८०० ले मूल्य घटेको थियाे भने शुक्रबार २ हजार २०० ले मूल्य घट्याे ।

यता आज चाँदीकाे मूल्य पनि घटेको छ । आज १०५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ८१० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १७, बिहीबार ०६:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP