• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्सेमा आज १९.९२ अंककाे गिरावट : कति भयाे काराेबार ?

नेप्सेमा आज १९.९२ अंककाे गिरावट : कति भयाे काराेबार ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेको छ । आज नेप्से घटेर २ हजार ५९५.१० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कारोबार भएका मध्ये २०७ वटा कम्पनीको मूल्यमा गिरावट आएकाे छ । यस्तै ४३ वटा कम्पनीको मात्रै मूल्य बढेकाे छ । आज ७ वटा कम्पनीको भने मूल्य स्थिर रह्यो ।

आज नेप्सेमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँको कारोबार भएकाे छ ।

आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री भनेको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ६, आईतवार ११:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP