• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

भाेलिदेखि शेयर बजार खुल्ने

भाेलिदेखि शेयर बजार खुल्ने

काठमाडौं। जेनजी प्रदर्शनका कारण उत्पन्न विषम परिस्थितीका कारण बन्द भएको शेयर कारोबार असोज २ गते (बिहीबार)देखि पुनः सुरु हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भए पनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो ।

बोर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो ।

बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेले जनाएकाे छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १, बुधबार ०१:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP