• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः सबै प्रदेशमा वर्षाको सम्भावना

आजकाे माैसमः सबै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमा साधारणता बादल लागेकाे छ । बाँकी भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणता बादल लाग्ने र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको तराई, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागमा तथा बाँकी हिमाली भागमा साधारणता बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी प्रदेशको पहाडी भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २६, मंगलवार ०६:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP