• २०८३ असार ३१ | Wed, 15 Jul 2026

धुलिखेलमा ढाकाको कपडा बुनाइ तालिम सञ्चालन

धुलिखेलमा ढाकाको कपडा बुनाइ तालिम सञ्चालन

काभ्रे। धुलिखेल नगरपालिकामा प्रदेश सरकारको ७० प्रतिशत तथा नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा ढाकाको कपडा बुनाइ तालिम सञ्चालन भइरहेको छ।

प्रदेश सरकारको गृहीणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालित उक्त तालिम जेठ १३ गतेदेखि सुरु भई आगामी असार १२ गते समापन हुने जनाइएको छ ।

धुलिखेल नगरपालिकाको योजना शाखा तथा लैङ्गिक विकास तथा समाजकल्याण शाखा प्रमुख पूजा काफ्लेका अनुसार तालिममा २२ जना महिलाको सहभागिता रहेको छ। तालिममा सहभागीहरूलाई ढाकाको कपडा, रुमाल, टोपी लगायतका सामग्री बुनाइसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको छ।

तालिमका मुख्य प्रशिक्षक भवानी सापकोटा तथा सहायक प्रशिक्षक अमृता सापकोटाले सहभागीहरूलाई परम्परागत ढाका बुनाइसँगै व्यावसायिक उत्पादनका सीप सिकाइरहेका छन्। धुलिखेल–४ की सहभागी एन्जिला तामाङले तालिमबाट आत्मनिर्भर बन्ने तथा आयआर्जनका अवसर सिर्जना हुने विश्वास व्यक्त गरिन्।

यसै कार्यक्रम अन्तर्गत ४० जना सहभागी रहेको होमस्टे तालिमसमेत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। महिला सशक्तिकरण, सीप विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। हाल तालिम निरन्तर सञ्चालनमा रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ३, बुधबार १५:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP