• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज कुन विदेशी मुद्राकाे भाउ कति ?, हेराैं विनिमय दर

आज कुन विदेशी मुद्राकाे भाउ कति ?, हेराैं विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १२ पैसा र बिक्रीदर ९१ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ९० पैसा र बिक्रीदर १०८ रुपियाँ ३६ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ८३ पैसा र बिक्रीदर १६३ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७० पैसा र बिक्रीदर १८७ रुपियाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७८ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १९ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २१ पैसा र बिक्रीदर ३३ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९३ पैसा र बिक्रीदर १५ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८० पैसा र बिक्रीदर २१ रुपियाँ ८९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ६९ पैसा र बिक्रीदर १९ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६५ पैसा कायम भएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०५ पैसा र बिक्रीदर १८ रुपियाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ३३ पैसा र बिक्रीदर ४५९ रुपियाँ २९ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ०७ पैसा र बिक्रीदर ३७३ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ३० पैसा र बिक्रीदर ३६५ रुपियाँ ८६ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ९, आईतवार ०१:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP